Thursday, December 5, 2013

ल्यापटप र मोवाइल हराएमा यसरी खोजौं

#काठमाडौ, मंसिर २० – मोबाइल र ल्यापटप अहिलेको व्यस्त अनि आधुनिक जीवनको अपरिहार्य नै बनेको छ । मोबाइल र ल्यापटपविना हिजोआज धेरै काम गर्न कठिन हुन्छ ।
यदि त्यही अत्यावश्यकीय कुरा हरायो वा चोरी भयो भने पैसा मात्रै होइन त्यसभित्र राखिएका थुप्रै सूचना, सम्पर्क नम्बर तथा आफ्ना प्रोजेक्टहरु पनि गुमाउनुपर्ने हुन्छ । तर चिन्ता नलिनुस्, यी एप्लिकेसन तथा सफ्टवेयर तपाइँले आफ्नो मोबाइल तथा ल्यापटपमा राख्नुभयो भने तपाइँले सजिलै हराएका मोबाइल तथा ल्यापटप फिर्ता पाउन सक्नुहुन्छ ।
विन्डोज ल्यापटप प्रयोगकर्ताले लोकेट माई ल्यापटप नामक सफ्टवेयर locatemylaptop.com  बाट निशुल्क डाउनलोड गर्न सक्छन् । यसले गुगल म्यापको माध्यमबाट ल्यापटपलाई लोकेट गरिदिन्छ र तपाइँको हराएको ल्यापटप कहाँ प्रयोग भैरहेको छ भन्ने जानकारी दिन्छ । यस्तै www.lalarm.com  बाट एलआर्लाम पनि फ्रिमा पाउनसक्नुहुन्छ । यदि तपाइँको ल्यापटप लक भयो वा ल्यापटपबाट कुनै पावर कार्ड वा युएसबी फ्ल्यास ड्राइभ हटाइयो भने आलार्म बज्ने गर्दछ ।

Tuesday, October 22, 2013

सासु आमालाई बुहारीले फुरुक्कै पार्ने ९ सुत्र

हाम्रो समाज तथा संस्कारमा सासु आमालाई मिल्नै नसक्ने जात पनि भनिन्छ । परम्परावादी समाजमा धेरै हदसम्म यो लागु पनि हुन्छ । सासुको शक्ति छँदासम्म बुहारीलाई निकै हेप्ने र बुहारीको पालो आएपछि सासुलाई साटो फेर्र्ने चलन हुन्छ । तर घर परिवारलाई सफल, शान्त तथा सुलक्षणयुक्त बनाउन भने सासु बुहारीको सम्बन्ध सुमधुर हुनुपर्छ । यसका लागि सासु र बुहारी दुबैले भूमिका खेल्नर्पर्छ ।

वास्तवमा छोराको बिहे भैसकेपछि जो कोही आमाको मनमा एउटा सन्देह हुन्छ कि छोरा अब बुहारीको भयो, मेरो मतलब गर्दैन, बुहारीकै कुरा सुन्छ । त्यसकारण पनि आमाको छोरा बुहारीप्रति एउटा आशंका वा पर्वाग्रह रहन्छ । यो शास्वत सत्यलाई छोरा बुहारीले मनन गर्दै त्यस्तो आशंका दूर गर्ने र आमालाई भरपूर माया गर्ने गर्नुपर्छ र कुरा बुझाउने प्रयास गर्नुपर्छ । यसमा बुहारीको ठूलो हात हुन्छ । सासुलाई खुसी पार्नका लागि बुहारीहरुले अपनाउनुपर्ने १० काइदा यस्ता छन् 

Sunday, September 29, 2013

आज धेरै पिडा बढ्दैछ मनमा

आजभोलि धेरै पिडा बढ्दैछ मनमा
कुराहरु भित्रभित्रै चल्दैछ मनमा !
दुनियामा विश्वास कसैमा नरहेपछि
आफ्नै को झुठ्ले नै छ्ल्दैछ मनमा !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत !

Thursday, September 26, 2013

जिन्दगि यो के रहेछ बुझ्नै सकिन

जिन्दगि यो के रहेछ बुझ्नै सकिन
एकोहोरो किन भएछ बुझ्नै सकिन !
मान्छेहरु सबै लाग्दैछन नामकै पछि
कति धेरै स्वार्थमा अडेछ बुझ्नै सकिन !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

Sunday, September 22, 2013

जिन्दगिमा हास्ने मन कसको हुदैन र

जिन्दगिमा हास्ने मन कसको हुदैन र
हासेर नै बाच्ने मन कसको हुदैन र !

दुइ दिनको जिन्दगि यो गर्नु के को पिर
जिबन सधै साच्ने मन कसको हुदैन र !

मै खाउ मै लाउ भन्छन सबै यहाँ
रमाई रमाई नाच्ने मन कसको हुदैन र !

हास्नु छ नाच्नु छ दुइदिन बाचुन्जेल
मिठो साइनो गास्ने मन कसको हुदैन र !

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत 

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"